समाज

सुवास बरालकाे नेतृत्वमा सिडेनले घाेषणा गर्याे उम्मेदवारी

इकागज |
भदौ ५, २०८१ बुधबार २१:३४ बजे

काठमाडौँ - इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालकाे अध्यक्षतामा उम्मेदवारी घाेषणा गरेकाे छ ।  बुधबार ललितपुरमा उम्मेदवारी घाेषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेकाे हाे ।​

घाेषणासभामा बाेल्दै अध्यक्षका उमेदवार बरालले आफ्नाे २४ वर्ष लामाे पेशागत अनुभवलाई संस्थाकाे गरिमा वृद्धि गर्न, इञ्जिनियरहरूकाे हकहितकाे रक्षा गर्दै देश निर्माणमा प्रयाेग गर्ने बताए ।


सिडेनले नेपाल इन्जिनियर्स एसाेसियसनकाे सबलीकरण, इञ्जिनियरहरूकाे क्षमता अभिवृद्धि तथा पेशागत सहयाेग, एकता सहकार्य तथा गुणस्तरसहितकाे सामाजिक आदर्श निर्माण र हकहितकाे संरक्षण तथा पैरवी गर्ने प्रतिवद्धता पनि सार्वजनिक गरेकाे छ । 

 इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष,  इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव छन् । अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन । महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् । 

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो । 

त्यस्तै  वागमती प्रदेश तेस्राे प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनियर बलराम पुडासैनी अध्यक्ष, विभूषण चालिसे उपाध्यक्ष, सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा दिपक भट्ट, काेषाध्यक्षमा निर्मला लामा तामाङ र प्रदेशबााट प्रदेश प्रतिनिधित्व गर्ने  केन्द्रीय सदस्यमा मेघनाथ ढकाल लगायतकाे  प्यानल घाेषणा भएकाे छ ।


Author

थप समाचार
x