समाज

विभिन्‍न माग राख्दै बालुवाटार नजिकै युवाहरूको प्रदर्शन

इकागज |
भदौ ८, २०८१ शनिबार १५:२२ बजे

काठमाडौँ- विभिन्न विषयमा सरकारको प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौँको बालुवाटार नजिक प्रदर्शन गरेका छन् ।

'अब बोल्छ नेपाल' लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।


त्यस्तै विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका माग उनीहरूको छ । उनीहरूले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् । 


Author

थप समाचार
x