समाज

आँबुखैरेनी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव भारत लगियो

इकागज |
भदौ ८, २०८१ शनिबार १७:३४ बजे

काठमाडौँ- ​तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ ।

दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो । शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो ।


वायुसेनाको विमानमार्फत २५ वटा र शव वाहनबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

त्यसअघि भरतपुर अस्पतालमा शव बुझ्न काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधिहरू पुगेका थिए । 


Author

थप समाचार
x