खोलामा डुबेर दुईको मृत्यु
फाइल तस्बिर
कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । आज फुटबल खेलेर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पु/\याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया