बडिगाडका पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारको आर्थिक सहयोग
काठमाडौँ - बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० का पहिरो पीडितलाई बागलुङ सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ । आइतबार समाजले पहिरो पीडित र मृतकको आफन्तलाई १ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको हो ।
समाजले बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटा र वडा नम्बर ९ बलघासमा पहिरोमा परी ज्यान गुमाएका १२ जनाका आफन्तलाई ८४ हजार, विस्थापित ३ परिवारलाई ९ हजार र गम्भीर घाइते भएका एक जनालाई ८ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको समाजका सहसचिव हिराबहादुर विकले जानकारी दिए ।
उनका अनुसार बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष बिरेन्द्र बुढा र वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण केसीको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा बोल्दै बडिगाड वडा नं।१० वडाध्यक्ष विरेन्द्र बुढाले रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरूले गरेको सहयोगको प्रशंसा गरेका छन् ।
गत साउन २२ गते पहिरोमा परी बडिगाड गाउँपालिका वडा नम्बर १० मा १० जना र वडा नम्बर ९ मा २ जनाको मृत्यु भएको थियो भने, ८ जना घाइते भएका थिए ।
समाजले प्राकृतिक विपत्तिमा भएका घटनाहरूमा मात्र नभइ अन्य सामाजिक कार्यहरूमा पनि सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष निराजन गौतमले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया