इञ्जिनियर्स चुनाव : सिडेनको टोली प्रदेश दौडाहामा
काठमाडौँ- इञ्जिनियर सुवासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समुह (सिडेन)को उम्मेदवारहरूको टोली अहिले प्रदेश दौडाहामा छ । सो क्रममा प्रदेशमा सिडेनको टोली पुग्दा भव्य स्वागत भइरहेको छ भने इन्जिनियरहरू उत्साही देखिएका छन् ।
भदौ ११ मा चितवनको भरतपुरबाट सुरु गरि हेटौंडा हुँदै वीरगञ्जसम्म उम्मेदवार परिचयात्मक तथा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक समुहका नेता तथा उमेदवारहरूले आज मधेस प्रदेशको जनकपुमा आयोजना हुने उमेदवार परिचयात्मक तथा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लोकतान्त्रिक समुहबाट मधेस प्रदेशमा ई अजित यादव नेतृत्वको समुह चुनावी मैदानमा होमिएको छ ।
सिडेनले नेपाल इन्जिनियर्स एसोसियसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिवद्धता पनि गरेको महासचिवका उम्मेदवार ई विनोद प्रकाश पण्डितले जानकारी दिए ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।
राजेश राय यादव बारा नेपाली कांग्रेस सभापति, राम नारायण प्रसाद कुर्मी पर्सा कार्यवाहक सभापति, सिडेनका अध्यक्ष लक्ष्मण केसी, पूर्वअध्यक्ष उमेश थानी र सिडेन मधेस प्रदेश अध्यक्ष ई मनोज दास पनि कार्यक्रममा सहभागि छन् । मधेस प्रदेशको कार्यक्रम आज ४ बजे जनकपुरमा शुरु हुँदैछ ।
‘वीरगञ्जबाट शुरू भयो मधेश प्रदेशको हाम्रो अभियान । नेपाल इन्जिनियर्स एशोसिएसन ३४औं केन्द्रिय कार्यकारिणी तथा तेस्रो मधेश प्रादेशिक कार्यकारिणीको निर्वाचनको सन्दर्भमा हामीले वीरगञ्जका इन्जिनियर साथीहरूसँग अन्तरक्रिया कार्यक्रममा हाम्रा प्रतिवद्धता प्रस्तुत गर्यौँ । रचनात्मक सुझाव र निर्वाचनमा जितको हौसला प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद,’ अध्यक्षका उम्मेदवार बरालले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया