समाज

तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह

इकागज |
भदौ १३, २०८१ बिहीबार १३:४७ बजे

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै गरेको तीज मनाउने क्रममा अनावश्यक तडकभडक नगर्न आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम सञ्‍चालन नगर्न आग्रह गरेको हो ।


साथै प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।


Author

थप समाचार
x