समाज

असोज ३ र ४ गते नेगेटिभ रगतको रक्तदाताहरुको बृहत राष्ट्रिय भेला हुँदै

इकागज |
भदौ १४, २०८१ शुक्रबार १४:० बजे

चितवन- नेपाल दुर्लभ रक्तसमुदायको आयोजनामा असोज ३ र ४ गते नेगेटिभ रगतको रक्तदाताहरुको बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम तथा प्रथम केन्द्रिय महाअधिवेशन हुने भएको छ ।

संस्थाको चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराईएको छ ।


संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीले संस्थाले विभिन्न जिल्लाका जिल्ला संयोजक र प्रतिनिधिहरुको उपस्तिथिमा असोज ३ गते नेगेटिभ रगत हुने रक्तदाता बीचमा दुर्लभ रगत र यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अन्तर्कृया गर्नुका साथै रमाइलो खेल कार्यक्रम गर्ने र असोज ४ गते विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने बताए ।

 पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष अरुण बहादुर रानाभाटले चितवनमा हुने कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरु तयार गरी अगाडि बढ्ने बताए ।

त्यस्तै संस्थाका सचिव राजमणी नेपालले नेगेटिभ ब्लड ग्रुप हुने सबै जनाले आ- आफ्नो सम्पर्कमा रहेका साथीहरूलाई जानकारी गराएर कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

२०५८ सालमा स्थापना भएको नेपाल दुर्लभ रक्त समुदायले देश भरी नै नेगेटिभ रगत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


Author

थप समाचार
x