पाँचथर विस्फोटप्रति मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौँ- दुई बालबालिकाको ज्यान जाने गरी पाँचथरको फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा भएको विस्फोटकप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विष्फोटमा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो । विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
घटनाको कोशी प्रदेश कार्यालयमार्फत अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई भनेको छ ।
जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा जथाभावी छाडिएका विष्फोटक पदार्थ हुन सक्ने आयोगले उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया