मोतीराम जयन्तीमा पत्रकार सुशीला पाठक पुरस्कृत
मोरङ - नेपाल पत्रकार महासंघ मोरङले मोतीराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार सुशीला पाठकलाई पुरस्कृत गरेको छ ।
पीताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार पाठकलाई नगद १० हजारसहित सम्मानित गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पुरस्कार वितरण गर्दै पत्रकारिता क्षेत्र बौद्धिक, मर्यादित, प्राज्ञिक र जनसरोकारको पेसा भएको बताउनुभयो । पत्रकारले सरकारलाई खबरवादी र जनतालाई सुसुचित गराउने अन्त्यन्त जिम्मेवारी निर्वाह गर्दै आएको उनको भनाइ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गरे ।
महासंघका मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, केन्द्रीय सदस्य अमर खड्का, समाजसेवी सुरेशराज शर्मा, प्रतिष्ठानका सचिव कविराज न्यौपानेले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनुपर्ने सुझाव दिए ।
प्रतिष्ठानले यसअघि १८ जना सञ्चारकर्मीलाई सम्मान गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया