समाज

असोज पहिलो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुँदै

इकागज |
भदौ २६, २०८१ बुधबार १६:३५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- असोजको पहिलो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । सार्वजनिक सवारीमा असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ।

असोज २४ गते फूलपाती रहेकोमा घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।


सडक मर्मतका लागि मातहतका निकायलाई घच्कच्याइरहेको र कतिपय ठाउँमा सडक मर्मत कार्य भइरहेको समेत उनले बताए।

यसैबीच भदौ १५ मा बसेको पूर्वअरनिको यातायातको सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ।

‘आ-आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले जारी गरेको सूचनामा उल्लेख छ।

पृथ्वी राजमार्ग यातायात कम्पनीले टिकट बुकिङ खुल्ला गरिसकेको छ।


Author

थप समाचार
x