समाज

पाँच महिनादेखि चिकित्सक बेपत्ता

इकागज |
भदौ २७, २०८१ बिहीबार ९:४९ बजे

सांकेतिक तस्विर

जलेश्वर- चिकित्सक प्रबोधकुमार यादव पाँच महिनादेखि बेपत्ता भएका छन् । उनी गत वैशाख ३ गतेदेखि परिवारसँग सम्पर्कविहिन भएका हुन्  । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनको २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको श्रीमतीले बताएकी छिन् प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।



Author

थप समाचार
x