समाज

हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरूका लागि आवश्यक सहजीकरण भइरहेको छ - हज समिति

इकागज |
भदौ २७, २०८१ बिहीबार १५:३६ बजे

काठमाडौँ - नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरूका लागि आवश्यक सहजीकरण भइरहेको जनाएको छ ।

समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हज यात्रामा जान चाहने धर्मावलम्बीहरूका लागि आवदेन खुल्ला भइसकेको र हजयात्राको आवश्यक सहजीकरणको तयारी भइरहेको जनाएको हो ।  सन् २०२५ मा हज यात्राका लागि साउदी अरेबियाको मक्का मदिना जान चाहनेहरुसँग समितिले करिब १ महिनाअघि नै आवेदन खुला गरेको छ ।  


सन् २०२५ का लागि नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीहरूले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इश्रा मुल्ला मियाले समितिले आवश्यक सहजीकरणको काम भइरहेको भन्दै धेरै भन्दा धेरै सहभागिता जनाउन आग्रह गरे । उनले धेरै आर्थिक भार नपर्ने गरि कम भन्दा कम रकममा हज यात्रा गराउने गरि समितिले तयारी गरिरहेको जानकारी दिए । 

हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समिति फारम भरि आवश्यक रकम आफैले व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । गत बर्षको १२ सय जनाको कोटामध्ये ७ सय ६४ जना हजयात्रामा गएका थिए भने दुई जनाको यात्राका क्रममा मृत्यु भएको थियो । त्यस्तै गतबर्ष हज यात्राका लागि प्रति व्यक्ति ४ लाख १५ हजार रुपैया उठाइएको थियो । जसमध्ये प्रति व्यक्ति २३ हजार रुपैया जोगिएकाले सम्बन्धित व्यक्तिको खातामा फिर्ता पठाउने तयारी भइरहेको समेत समितिले जनाएको छ ।  


Author

थप समाचार
x