पनौती नगरपालिका बालश्रममुक्त घोषित
फाइल फाेटाे
काठमाडौँ - काभ्रेको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार पनौतीमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बालबालिकाको हक अधिकार र बाल अधिकार संरक्षण गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरिएकोमा शुभकामना व्यक्त गर्दै यसको दिगोपनाका लागि निरन्तर कार्यक्रम गर्नको लागि आग्रह गरे ।
बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले बालबालिकाको सुनौलो भविष्य र बालअधिकार संरक्षणका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेर नगरपालिकाका १२ वटा वडालाई विभिन्न मितिमा बालश्रममुक्त घोषणा गरिएपश्चात नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले बताए ।
मुख्यमन्त्री लामासहित बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, तिर्थ लामा, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका सबै वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतले बालश्रममुक्त नगरपालिका दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया