समाज

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्‍चालन

इकागज |
भदौ २९, २०८१ शनिबार १९:९ बजे

फाइल फाेटाे

डोटी - अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि एकतर्फी सञ्चालन भएको हो ।


राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
 


Author

थप समाचार
x