रुपन्देहीमा मंगलबारबाट सार्वजनिक यातायात सञ्चालन हुने
बुटवल : रुपन्देहीमा मंगलबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्,’ पाण्डेले भने, ‘जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर-विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’
असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया