देवघाट धाममा भक्तजनहरूको घुइँचो
फाइल फाेटाे
काठमाडौँ - बालाचतुर्दशीको दिन पवित्र तीर्थ स्थल देवघाट धाममा पितृको नाम दिप प्रज्वलन र सतबिज छर्न भक्तजनहरूको घुइँचो लागेको छ ।
बालाचतुर्दशीको दिन तीर्थ स्थलहरूमा गएर पितृको नाममा दीप दानका साथै सतबीउ छर्ने चलन रहेको छ । भक्तजीहरू देवघाट घाम १ दिन अगाडी देखि नै गएर कालीगण्डकी सप्तगण्डकीको दोभान बनीमा स्नान गरेर बालाचतुर्दशीको दिन दिबंगत आत्माको सम्झनामा दिप बालेर पूजा गर्ने गर्छन् ।
देबघाटमा स्नान गर्न सतबिज छर्न देशका विभिन्न स्थान वाट भक्तजनहरू आउने गरेका छन् । आजको दिन बिभिन्न तीर्थ स्थलमा गएर पितृहरूको नाममा अनुष्ठान गर्दा पुण्य प्राप्त हुन जनविश्वास रहेको छ । पितृहरु प्रति भक्ति गरेमा यसले मुक्ति पाउने छन् । सतबिजमा ७ प्रकारको अन्न प्रयोग गरेर छर्ने चलन छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया