समाज

करेन्ट लागेर कर्मचारीको मृत्यु

इकागज |
असार २३, २०७८ बुधवार १७:० बजे

झापा  : विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका-८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो । 

बिर्तामोड नगरपालिका-४ स्थित जात्रुबाडी बस्‍ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)
 



Author

थप समाचार
x