समाज

कैलालीमा अन्तरजातीय विवाह

यो हो प्रकाशलाई रुकुमकाण्ड बनाईदिने धम्की दिएको प्रमाण

मालतीको जवाफ- ‘मलाई भन्नुस, प्रकाशलाई केही नगर्नुस’

विष्णु विश्‍वकर्मा |
असार २५, २०७८ शुक्रबार २०:२३ बजे

काठमाडौँ : अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बस्न बाध्य भएका कैलाली भजनीका युवा प्रकाश विश्वकर्मा र मालती रावललाई फेसबुक मेसेन्जरबाट धम्की दिने गरेको पाइएको छ । युवतीका आफन्तहरुले मोबाइल फोनमा सम्पर्क गर्न नसकेपछि मालतीकै फेसबुकमा प्रकाशलाई मारेर रुकुमकाण्ड दोहोर्याउने धम्की दिएका हुन् ।

युवतीका आफन्तले फेसबुक मेसेन्जरबाट निरन्तर धम्की दिएर प्रकाश र मालतीलाई आतंकित गरेको पाइएको हो । आफूहरुलाई नेभेटे, खोजेर मारेर फाल्दिने उनीहरुको चेतावनी थियो । यसबीचमा प्रकाशलाई निरन्तर धम्की आउन थालेपछि मालतीले फेसबुकबाट कुरा गरेको पनि पाइएको छ ।


युवतीका आफन्त रोशन खड्का भन्ने व्यक्तिले फेसबुक मेसेन्जरमा प्रकाशलाई धम्कीपूर्ण एसएमस पठाए, ‘मलाई फेस गर । होइन भने रुकुमकाण्ड गरिदिन्छु ।’

प्रकाशले ‘हुन्छ, हेरौँला’ भनेर जवाफ फर्काएका छन् । प्रकाश त्यसपछि डराएका देखिन्छन् । त्यसपछि मालतीले च्याटमा आउने धम्कीको रिप्लाई दिन थालिन् । रोशनले फेरि लेखे, ‘तलाई पावर लगाएर जीन्दगीभर जेलमा सडाई दिन्छु । साला औकातमा बसेर कुरा गर ।’ 

रिप्लाईमा मालतीले लेखेकी छन्, ‘दादा मलाई भन्नु । मेरो बुढोलाई केही नगर्नुस ।’ फेरि रोशनले धम्क्याउँदै भने, ‘तलाई कसले कुरा गर भन्यो । त भाग । त दमाईसँग के कुरा गर्नु ? मेरो दिदी बहिनी धेरै छन् । त चाहिदैन । कुरा बुझ्नलाई मात्रै हो ।’

यो धम्कीपछि २१ दिनसम्म जंगलमै लुकेर बसेका प्रकाश र मालती भिडियो रेकर्ड गरेर अरुसँग सहयोग मागेको देखिएको छ । त्यसपछि जंगलमै भिडियो रेकर्ड गरेर आफूलाई बचाउन गरेको भिडियो सार्वजनिक भएको हो । 

भिडियो सार्वजनिक भएपछि उनीहरु सहमतिमा छलफलका लागि भनेर घर पुगेका थिए । तर घर पुग्नेवित्तिकै युवतीका आफन्तले मालतीलाई खोसेर लिए भने प्रकाशलाई कुटपिट गरेका थिए । अहिले प्रकाश प्रहरीको सम्पर्कमा छन् । युवतीलाई भने आफन्तले घरमा राखेका छन् । 

र, यो पनि 
 
 


Author

थप समाचार
x