समाज

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

इकागज |
असार २८, २०७८ सोमबार १३:२ बजे

काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘२०७७ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरेको छ। हाल सुदूरपश्चिम प्रदेश सभा सांसदसमेत रहेकी वादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जानकारी दिए । 

२०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार रुपैयाँ पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ । २०१८ साल फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।
 



Author

थप समाचार
x