समाज

झण्डै चार लाखमा मुद्दा मिलाइदिने प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

इकागज |
असार ३०, २०७८ बुधबार ५:३८ बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । रासस 



Author

थप समाचार
x