समाज

विद्यालयको कम्प्युटर र ल्यापटप चोरी गर्ने पक्राउ

इकागज |
असार ३०, २०७८ बुधबार ५:३९ बजे

मुसिकोट :  रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ स्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेका कम्प्युटर चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । 

गत आइतबार राती विद्यालयबाट एक थान डेस्कटप कम्प्युटर सेट र ल्यापटप चोरी भएका थिए । चोरी भएको २४ घण्टा नबित्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक जनालाई चोरी कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–१ बस्ने २१ बर्षका राजु विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । उनलाई चोरी भएका सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सुचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए । 


Author

थप समाचार
x