समाज

जुम्लाका मेलमिलाप कर्तालाई कानुनी साक्षरता तालिम

इकागज |
साउन ५, २०७८ मंगलबार ५:५२ बजे

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले पालिका भरी रहेका मेलमिलापकर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक  समिति संयोजक हिमाली रोकायाको संयोजकत्वमा अध्यक्ष राजबहादुर शाहीको अध्यक्षतामा  कार्यक्रम गरी वडा भरीका ४० जना मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षित गरिएको हो ।   

समाजमा  हुने स–साना  विवादको वातावरण सिर्जना भएकालाई  मेलमिलापकर्ताहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने भएकाले उनीहरुको लागी यस्तो तालिम दिइएको उपाध्यक्ष रोकायाले बताइन  । कार्यक्रममा अधिवक्ता देवेन्द्र शर्मा र महिला अधिकारकर्मी तथा लेखक लक्ष्मी कन्या बुढाले मेलमिलापकर्ताहरुलाई निश्पक्ष रुपमा दुबै पक्षको जीत हुनेगरी मिलापत्र गरेर विवाद निरुपणमा लाग्न आग्रह गरेका थिए  । 


समाजमा भित्र हुने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने गरी मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको अधिवक्ता शर्माले बताए । उक्त अभिमुखिकरण कार्यक्रममा मेलमिलापकर्ताहरुका लागि विवाद मिलापत्र लिखत तयार सम्वन्धि विभिन्न कुराहरुको बारेमा कानुनी प्रावधान  लगायतका बारेमा प्रशिक्षण दिइएको उनले बताए । 


Author

थप समाचार
x