समाज

पाँच सय रुपैयाँ घुस दिने कार चालक ट्राफिक प्रहरीको फन्दामा

इकागज |
साउन ५, २०७८ मगलवार ८:६ बजे

काठमाडौँ : गलत ठाउँमा पार्किङ गरेर ट्राफिकलाई घुस दिन खोज्ने कार चालक पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार पार्किङ गरेपछि छुट्कारा पाउन ट्राफिकलाई घुस दिन खोजेपछि कार चालक पुरन जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कको बिष्णुमति पुलमाथिको सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार हेमन्तबहादुर खड्काले बा २० च २६७४ नम्बरको कारलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न लाग्दा उनले पाँच सय रुपैयाँ घुस दिएका थिए ।


तर प्रहरीले घुस लिनुको साटो उनलाई पक्राउ गरेर लगेको थियो । 


Author

थप समाचार
x