करेन्ट लागेर दाङका युवकको मृत्यु
फाइल फोटो
काठमाडौँ : दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको हो ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया