समाज

'बाँदर धपाउन कुकुर लिएर आउनू'

इकागज |
साउन ५, २०७८ मगलवार १५:५६ बजे

फाइल तस्बिर

काठमाडौँ -  बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपा‌औँ बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रह गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए । बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले बताए । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने उनको भनाइ छ । रासस



Author

थप समाचार
x