समाज

इकागजको प्रबन्ध सम्पादकमा अधिकारी, समाचार प्रमुखमा आचार्य र क्रियटिभ हेडमा मानन्धर

इकागज |
साउन ५, २०७८ मगलवार १९:२ बजे

काठमाडौँ - इकागज मिडिया प्रा. लि. अन्तरगत रहेको इकागज डट कम (ekagaj.com)को प्रवन्ध सम्पादकमा चन्द्रशेखर अधिकारी चयन भएका छन् । अधिकारीको चयनसँगै  समाचार प्रमुखमा पुष्पराज आचार्य र क्रियटिभ हेडमा यमन मानन्धरलाई तोकिएको छ । 

इकागजका संस्थापक एवं समाचार सम्पादकको रूपमा कार्यरत अधिकारीलाई समाचारको साथै व्यवस्थापनको समेत मुख्य व्यक्तिको रूपमा चयन गर्ने निर्णय इकागज मिडिया प्रालिको सोमबार बसेको संचालक समितिले गरेको हो ।


राजनीति, कूटनीति र रक्षा मामिलामा दुई दशकभन्दा बढी समयदेखि कलम चलाउँदै आएका अधिकारीलाई समाचारसँगै व्यवस्थापकीय पक्षमा समेत जिम्मेवारी दिइएको इकागजका अध्यक्ष विनाज गुरुवाचार्यले जानकारी दिए । अंग्रेजी साहित्य, मिडिया एण्ड टेक्नोलोजीमा समेत स्‍नाकोत्तर अधिकारी अन्तराष्ट्रिय समाचार लेखनमा रोयर्टस फेलोसमेत हुन् । उनले यसअघि स्पेसटाइमा दैनिक, दी राइजिङ नेपाल, अन्‍नपूर्ण पोस्ट र कान्तिपुर दैनिकमा काम गरिसकेका छन् ।

संचालक समितिको निर्णय लगत्तै प्रधानसम्पादक हरिबहादुर थापा, सम्पादक विकास थापा र प्रवन्ध सम्पादक अधिकारीको बैठकले आर्थिक व्यूरो प्रमुखको रूपमा इकागजमा नै कार्यरत आचार्यलाई समाचार प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।

डेढ दशकदेखि पत्रकारितामा संलग्‍न आचार्य आर्थिक पत्रकार समाजका पूर्व अध्यक्षसमेत हुन् । उनी इकाजको स्थापनाकालमा आवद्ध हुनुअघि अन्‍नपूर्ण पोस्ट्, दि हिमालयन टाइम्स, माइरिपब्लिका, कारोबार दैनिक  र त्यसअघि देशान्तर साप्ताहिकमा कार्यरत थिए । कानुनमा स्‍नातकसमेत रहेका उनी अंग्रेजी साहित्यमा स्‍नातकोत्तर हुन् ।

त्यसैगरी इन्फोग्राफ्स र मल्टिमिडियामा कार्यरत यमन मानन्धरलाई क्रियटिभ हेडमा बढुवा गरिएको छ । उनले मल्टिमिडियासँग जोडिएका सबै पक्षलाई संयोजन गर्नेछन् । स्थापनाकालदेखि नै इकागजमा संलग्‍न उनी इकागज मास्टहेडका डिजाइनर पनि हुन् । उनी यसअघि कामना प्रकाशन र कान्तिपुर मिडिया ग्रुपमा कार्यरत थिए । मानन्धर अहिले ग्राफिक डिजाइन र फाइन आर्ट कोर्समा अध्ययन गरिरहेका छन् । 


Author

थप समाचार
x