समाज

वरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

इकागज |
साउन ६, २०७८ बुधबार १०:२ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली ललितकला क्षेत्रको वरिष्ठ प्राज्ञ एवं आधुनिक चित्रकार उत्तम नेपालीको ८४ बर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । केही वर्षदेखि हृदय र श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित नेपालीको उपचारका क्रममा काठमाडौँको शिक्षण अस्पतालमा निधन भएको हो ।  

१९९४ सालमा जन्मिएका नेपाली मूर्त तथा अमूर्त चित्र कोर्न माहिर थिए । परम्परागत नेपाली कलाका दृष्टिकोणलाई आधुनिक कला प्रविधिमार्फत् चित्रमा  उतार्थे । साथै चित्रमा जीवन र जगतका दार्शनिक अर्थ–अभिप्रायका गम्भीर विषयलाई संरचित गर्थे ।
 



Author

थप समाचार
x