बाँकेको डुडुवा खाेलामा डुबेर तीन जना युवाको मृत्यु
फाइल फोटो
बुटवल : पौडी खेल्ने क्रममा बाँकेको डुडुवा खोलामा डुबेका तीन जना युवा मृत भेटिएका छन् । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तिन जना युवाको शव भेटिएको बाँके जिल्लाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
कोहलपुर १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनीहरु सबै मृत अवस्थामा भेटिएका हुन् । मृतक तिनै जनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया