समाज

यातायात व्यवसायी विरोधमा उत्रिदा कोटेश्वरमा ट्राफिक जाम

इकागज |
साउन ७, २०७८ बिहीबार १२:६ बजे

काठमाडौं : यातायात व्यवसायीको विरोध प्रदर्शनका कारण काठमाडौँको कोटेश्वर क्षेत्रमा बाक्लो ट्राफिक जाम भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको नेतृत्वमा भइरहेको सडक प्रदर्शनका कारण यात्रु मारमा परेका छन् भने व्यवसायीले सडकमै गाडी रोकेर विरोध जनाएका छन् । 

ट्याक्सी र बस व्यवसायीहरुले भाडा वृद्धिको माग गर्दै सडक अवरुद्ध गर्दा ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जामका कारण जडीबुटि, ग्वार्को, तिनकुने क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । 


महासंघले भाडा वृद्धि गर्नुपर्ने, व्यवसायी र मजदुरलाई कोभिड खोप दिनुपर्ने, ४० वर्ष पुगेका गाडीको अवधि थप गर्नुपर्ने, यातायातको बिमा छुट लगायत ७ बुँदे माग अघि सारेका छन् । तर अहिलेसम्म अवरुद्ध बाटो खुलाउने कुनै प्रयास नहुँदा यात्रु मारमा परेका ट्राफिक प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x