समाज

सुर्खेतमा लम्बियो निषेधाज्ञा

इकागज |
साउन ८, २०७८ शुक्रबार ५:४५ बजे

काठमाडौँ - सुर्खेतमा निषेधाज्ञा लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बिहीबार जारी गरेको विज्ञप्तिमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्बिएको उल्लेख छ ।

गएको बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्म लम्बिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।


निषेधाज्ञा खुलेपनि किराना पसल भने बिहान ९ बजेदेखि बेलूकी ६ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै फलफुल र दुग्धजन्य पदार्थ भएका पसल भने बिहान ६ बजेदेखि बेलूकी ६ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।


Author

थप समाचार
x