समाज

भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प

इकागज |
साउन ८, २०७८ शुक्रबार ७:२८ बजे

काठमाडौँ : भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सल्लाघारी केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीका अनुसार सल्लाघारी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौँ, ललितपुर र भक्तपुरमा महसुस गरिएको थियो । यो २०७२ सालमा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको परकम्प भएको पनि उनले बताए ।


भूकम्पको धक्का महसुस भएपछि काठमाडौँ उपत्यकाका मानिस त्रसित भएका थिए ।


Author

थप समाचार
x