समाज

मेलम्चीका पूर्व कर्मचारीद्वारा बाढी पीडितलाई सहयोग

इकागज |
साउन ८, २०७८ शुक्रबार १४:४३ बजे

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाका पुराना कर्मचारी, परामर्शदाता र निर्माण व्यवसायीहरुले बाढी प्रभावित स्थानीय तहलाई १२ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल सरकारका पूर्व सचिव सुमनप्रसाद शर्माको टोलीले मेलम्ची नगपालिका, पाँच पोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई उक्त रकम सहयोग गरेको हो । कतिपयले आफ्नो धएक महिनाको निवृत्तीभरण (पेन्सन) रकम समेत सहयोग गरेको शर्माले उल्लेख गरे ।


मेलम्चीमा कार्यकारी निर्देशक रहेर आयोजना अघि बढाएका पूर्व सचिव शर्माका अनुसार मेलम्ची नगरपालिका र पाँच पोखरी गाउँपालिकालाई तीन, तीन लाख र हेलम्बुलाई ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । पूर्व सचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा. शम्भुप्रसाद कट्टेल रकर्मचारी ऋषिराम पौडेलको सहभागितामा आयोजनाका कर्मचारी, संस्था तथा कम्पनीका कर्मचारीहरुबाट रकम संकलन गरिएको हो । 

अवकाश भइसकेका कर्मचारी, परामर्शदाता र निर्माण व्यवसायीले आफ्नो कर्मभूमिप्रति प्रकट गरेको यो सम्मानले अरुलाई पनि प्रेरणा हुन सक्ने अपेक्षा सहयोग टोलीको छ । सहयोग रकम मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्याललाई हालै हस्तान्तरण गरिएको छ । त्यसैगरी पाँचपोखरी थाङपाल गाउपालिकाका अध्यक्ष टासी लामालाई र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तारण गरिएको हो । 

शर्माका अनुसार पाँच लाख रुपैयाँको एउटा कोष बनाउने प्रयास भइरहेको छ । उक्त कोषमा वर्षैपिच्छे खानेपानी परिपूरण (लेभी) को एक, दुई प्रतिशत मात्र जम्मा गर्न सके तीन, चार वर्षमै एक करोड रुपैयाँ हुन सक्ने र उक्त रकम परिचालन गरी अति विपन्न परिवारलाई विपतपछि बास र जीविका पुनःस्थापना गर्न सरल ऋण वा अनुदान उपलब्ध गराउन सकिने सोच रहेको शर्माले बताए । 


 


Author

थप समाचार
x