समाज

बाबुराम भट्टराईको ट्विटप्रति विश्व हिन्दु महासंघको ध्यानाकर्षण

इकागज |
साउन ८, २०७८ शुक्रबार १८:६ बजे

काठमाडौँ – विश्व हिन्दु महास‍ंघले पूर्व  प्रधानमन्त्री तथा जसपाका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दूधर्मावलम्बी ओमकार परिवारको आस्था  प्रति प्रहार गर्दै सामाजिक स‌ञ्‍जाल ट्विटरमार्फत गरेको अभिव्‍यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा. भट्टराईले भारतको उत्तर प्रदेशका  मुख्य मन्त्री योगी आदित्यनाथले दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई  माध्यम बनाएर हिन्दू ओमकार परिवारको भावना अनादार गरेको महासंघको आरोप छ । 

महासंघले विज्ञप्तिमार्फत ‘इद’ का दिनै हिन्दू धर्ममाथि गरिएको यस्तो प्रहारले देशको धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने र सामाजिक सद्धाव भड्काउने हुनाले यस कार्यको लागि भट्टराईविरुद्धमा एकजुट हुन आग्रह गरेको हो । 


मुलुकको राष्ट्रिय एकताको जग नै हिन्दू धर्मको आडमा अडिएको छ, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, तसर्थ ‘धार्मिक आस्थामा अपमानजनक अभिव्यक्ति दिने भट्टराईलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष माग गर्छौ ।’


Author

थप समाचार
x