समाज

मौसम पूर्वानुमान: बागमती प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना

इकागज |
साउन ९, २०७८ शनिबार ७:१२ बजे

काठमाडौँ - आज बागमती प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशभर मनसुनी वायुको सामान्य प्रभाव छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली  रहेको महाशाखाले नाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेशको एक-दुई स्थानमा ठूलो बर्षाको सम्भावना रहेकोले नदी नाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x