समाज

धोबीखोलामा बाढी, आसपासका बस्ती प्रभावित

इकागज |
साउन ९, २०७८ शनिबार १६:३८ बजे

फाइल तस्बिर

काठमाडौँ - राजधानीको धोबीखोलामा बाढी आउँदा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।

हरेक वर्ष बर्षायाममा धोवीखोला आसपासका बासिन्दाहरू बाढीका कारण प्रभावित हुँदै आएका छन् । शुक्रबार रातिको बाढी धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा पसेको थियो । बाढीका कारण आफूहरुको लाखौको नोक्सान नभएको स्थानीयहरुको गुनासो छ । बाढीका कारण धोवीखोला करिडोरमा समेत हिलो भएर आवतजावतमा समस्या भएपछि डोजर लगाएर हिलो पन्छाइएको थियो । 



Author

थप समाचार
x