समाज

बर्दियाका दुई प्रावीमा अध्ययनरत २२०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इकागज |
साउन १०, २०७८ आइतबार ९:४० बजे

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-३ मा अवस्थित जनचेतना प्राथमिक विद्यालय र जनआधार प्राथमिक विद्यालयमा स्कुल व्याग, स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । 

नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 
ग्रामिण क्षेत्रमा पढ्ने विद्यार्थीको मनोवल उकास्ने र विपन्न परिवारका विद्यार्थीलाई पठनपाठनमा सहज पुर्‍याउने उद्देश्यले शैक्षिक सामाग्री विपरण तगायतका कार्यक्र वितरण गरिएको तिमिल्सिनाले बताए ।


कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपाल दहिलको प्रमुख आथित्यमा भएको कार्यक्रममा दुई विद्यालयमा अध्ययनरत दुई हजार दुई सय एक विद्यार्थीलाई स्कुल व्याग, स्टेशनरी र शैक्षिक सामग्री वितरण गरिएको तिमिल्सिनाले बताए । धेरै थारु समुदायका विद्यार्थीहरू अध्ययन गर्ने ती विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 
 


Author

थप समाचार
x