समाज

माइतीघरको नारा : 'निर्मलालाई न्याय दे !'

इकागज |
साउन १०, २०७८ आइतवार १९:५० बजे

काठमाडौँ- निर्मला पन्तको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ। तीन वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् । यही समय राजधानीको माइतीघरको सडकमा प्रदर्शन भइरहेको थियो ।


हेर्नुस् तस्बिरहरू :


Author

थप समाचार
x