समाज

आफ्‍नै कार्यकालमा सबै वडाको भवन बनाउँछुः प्रमुख शाक्य

इकागज |
साउन ११, २०७८ सोमबार १९:७ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको नया र पुनर्निमाण सम्पन्न गर्ने बताएका छन् । सोमबार वडा–२१ को वडा भवन शिलान्यास गर्ने शिलशिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘हामी निर्वाचित भएर आएपछिको महानगरको पहिलो बैठकमा महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ भवनलाई  प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौँ । यो हाम्रो घोषणा अनुसारकै कार्य हो ।’ 


शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिए । 'केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,' उनले भने, 'वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।' 

शाक्यले केही वडा कार्यालय भवन कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए । मुद्धा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न नसकेको उनले बताए । महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सम्र्वसम्मतिमा अघि बढाउन सफल भएको प्रतिक्रिया दिए । 


Author

थप समाचार
x