समाज

सेती नदीको खोँचमा भेटियो युवतीको शव

इकागज |
साउन ११, २०७८ सोमवार २०:२६ बजे

पोखरा - पोखरा महानगरपालिका-१५ अमिनतरास्थित सेतीनदीको खाँेचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो ।

उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । (रासस)
 



Author

थप समाचार
x