समाज

१८ दिनभित्र सम्पत्ति विवरण बुझाउन शिक्षकलाई गाउँपालिकाको निर्देशन

इकागज |
साउन १२, २०७८ मंगलबार ६:२२ बजे

सिन्धुपाल्चोक : गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन हेलम्बु गाउँपालिकाले निर्देशन दिएको छ । गाउँपालिकाकाले सोमबार सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीले आव २०७७/७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएको  हो ।

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका नामको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकाले त्यसै अनुसार निर्देशन दिइएको गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जानकारी दिए । अचानक १८ दिनभित्र सम्पति विवरण बुझाउन गाउँपालिकाले निर्देशन दिएपछि शिक्षक अचम्मित भएका छन् ।



Author

थप समाचार
x