समाज

तुइन काट्ने एसएसबीलाई कारबाही गर्न भारतलाई पत्राचार

इकागज |
साउन १६, २०७८ शनिवार १६:२८ बजे

फाइल फोटो

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन काटेर नेपाली युवा महाकाली नदीमा बेपत्ता पार्ने भारतीय सुरक्षा बल एसएसबीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन भारतीय पक्षलाई पत्राचार गरिएको जनाएको छ । कार्यालयले प्रेस विज्ञप्ति निकालेर तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा दार्चुलाका युवा जयसिंह धामी महाकालीमा डुबेर बेपत्ता भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धनमा आवश्यक सत्यतथ्य बुझ्ने र दोषीमाथि कारबाही गर्न भारतीय पक्षलाई पत्राचार गर्ने काम भएको बताएको हो ।

व्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा हालिएको तुइन पार गर्ने क्रममा तुइन चढेकै बेला एसएसबीले डोरी काटिदिँदा धामी बेपत्ता भएका थिए । धामी बेपत्ता भएपछि भारतीय पक्षको ज्यादती भएको भन्दै आलोचना समेत भइरहेको छ । 


यस विषयमा आवश्यक छानबिन र सत्यतथ्य बाहिर गृह मन्त्रालयले कार्यदल समेत बनाउको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान र छानबिनको काम भइरहेकाले सत्यतथ्य बाहिर नआउन्जेल भ्रामक समाचार नलेख्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 
 

 

 


Author

थप समाचार
x