सार्वजनिक अपराध मुद्दामा फरार तीन जना पक्राउ
फाइल फोटो
नेपालगञ्ज ः जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको विसं २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही रु पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया