समाज

दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

इकागज |
साउन १८, २०७८ सोमबार २१:२० बजे

सप्तरी - सप्तरीमा आज साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका-१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका-५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।


यादव प्रदेश नं २-०१-००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ-७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान-२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।

मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । (रासस)
 


Author

थप समाचार
x