समाज

पहिरोले गाडी पुरिँदा एकको मृत्यु

इकागज |
साउन १९, २०७८ मगलवार ८:४७ बजे

फाइल फोटो

बुटवल- सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडीमाथि पहिरो खसेको थियो । सोमबार राति भएको घटनामा अन्दाजी २२ वर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लिनारायण पाण्डेले बताए ।

अन्य दुई जना घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भएको छ । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x