समाज

ट्राफिक प्रहरीलाई घूस दिने अन्सारी पक्राउ

इकागज |
साउन १९, २०७८ मंगलबार १९:७ बजे

काठमाडौँ- ट्राफिक प्रहरीलाई घूस दिने सवारीचालक मच्टुखा अन्सारी पक्राउ परेका छन् । मंगलबार बालकुमारी सडकखण्डमा खटिएका ट्राफिक प्रहरी जवान प्रज्ञान केसीलाई सवारीसाधन चेक गर्दा निज चालकले पाँच सय रुपैयाँ दिई प्रलोभनमा पार्न खोज्दा पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला पर्साका अन्सारीले ना.८. ख २०४७ नम्बर ट्रक चलाएका थिए । उनलाई कारबाही गर्न महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


 

 

 

 

 

 


Author

थप समाचार
x