समाज

सशस्त्र प्रहरी जवान मृत  अवस्थामा भेटिए

इकागज |
साउन २०, २०७८ बुधबार २०:२१ बजे

कैलाली - कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । 

डडेल्धुरा भागेश्वर-१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । 


शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । (रासस)
 


Author

थप समाचार
x