समाज

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

इकागज |
साउन २६, २०७८ मंगलबार २०:२२ बजे

काठमाडौँ-  लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।  राजमार्गअन्तर्गत बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा मंगलबार बिहानैदेखि आवतजावत बन्द भएको थियो ।

पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक वोधराज ओझाले जानकारी दिए ।


अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले बताएको छ । सडक विस्तारको काम चलिरहेको  सडकखण्डमा बेलाबेला पहिरो खस्‍ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । 


Author

थप समाचार
x