समाज

मोरङ कारागारका कैदीको अस्पतालमा ज्यान गयाे

इकागज |
साउन ३०, २०७८ शनिवार २१:५४ बजे

मोरङ – मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ । सुनसरीस्थित धरान–८ घर भएका ३० वर्षीय सुवास लिम्बूको शनिबार उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

मृतक लिम्बूको श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल भर्ना गरी उपचार गराएको थियो । लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बूलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो । लिम्बूलाई मोरङ प्रहरीले २३ चैत ०७४ मा पक्राउ गरेको थियो ।  



Author

थप समाचार
x