कोभिडले थप ४२ जनाको मृत्यु, ३ हजार ४०३ जनामा संक्रमण पुष्टि
फाइल फोटो
काठमाडौँ - नेपालमा थप ३ हजार ४०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २,६१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हाजर ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौबिस घण्टामा २ हजार १०४ जना कोभिडमुक्त भएका छन् । कोभिडले थप ४२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया